खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव २०८३ पाँच जनालाई नगदसहित सम्मान
खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छदिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमका अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा–११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई...
Read More

























