Author: Himalaya Post

सरकार वाचापत्र अनुसार अघि बढीरहेको छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षामन्त्री सस्मीत पोखरेलले सरकार वाचापत्र अनु्सार अघि बढीरहेको बताएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्रीले सरकारको वाचापत्रअनुसार काम अघि बढिरहेको बताएका छन् । कार्यक्रममा मन्त्रीले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गरे । मन्त्रीले पोखरेलले देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोतसाधन वितरण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका २७ हजार विद्यालयको अध्ययन सुरु गर्ने जानकारी दिए । विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार पारिने...

Read More

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौं – खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । खानी...

Read More

पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु

एजेन्सी – पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ । प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् । घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ ।...

Read More

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी – पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ । बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । न...

Read More

फिलिपिन्समा भवन दुर्घटना

एजेन्सी –  फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् । दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिए। उनका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही...

Read More