नेपाल टेलिकमको फोरजी सेवा ७५० स्थानीय तहमा विस्तार
काठमाडौं – नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ सय मिटर उचाईमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ । यो माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरुमा समेत फोरजी सेवा विस्तार गर्ने...
Read More

























