Author: Himalaya Post

पीपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल विराटनगर र पोखराबीच

काठमाडौँ–  यहि कार्तिक नौ गतेबाट २० गते सम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएलको) खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक क्विन्स इभेन्टस म्यानेजमेन्ट प्रालीले प्रेश विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटान्सले शरद भेषावकरको पोखरा पल्टन बिरुद्ध खेल्ने छ । पहिलो दिनमा एक खेल मात्र हुनेछ भने दोश्रो दिनबाट दिनमा दुई खेल हुनेछ । पिपिएलमा नयाँ नियम लागु गरिएको छ । समुह चरणको खेल पछि अंक तालिकामा पहिलो हुने टोलीले सिधै फाइनमा स्थान बनाउने छ भने दोश्रो र तेश्रो हुने टोलीले एलिमिनेटरमा जित हात पारेर फाइनलमा स्थान सुरक्षित गर्ने छ...

Read More

समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ : शहरी विकासमन्त्री

नेपालगञ्ज, बाँके– शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताएका छन् । । मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक सुधार लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको छ भने । उनले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न गर्न बजेटलगायतका आवश्यक सबै कुराको अभाव हुन नदिन आफू पूर्णरुपमा लागि पर्ने प्रतिबद्धता जनाए । सो अवसरमा मध्यपश्चिम क्षेत्रीय...

Read More

टीकाको दिन पोखरामा प्रहरीले निःशुल्क बस सेवा दिने

कास्की– दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते दशैँको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ । बस्नेत भन्छन्, “दशैँ हामी पनि मान्छौँ तर जनता हाम्रो पहिलो प्राथमिकता हो । सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ ।” बस सेवाबाट...

Read More

दशैँमा राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि ख सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ । टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ...

Read More

ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल…

काठमाडौँ – चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो । सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुन् । गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुपर्यो । एक्कासि भेटिएको बच्चासहितको गैँंडाले पर्यटकलाई आक्रमण गर्न आयो । परियारले...

Read More