Author: Himalaya Post

टी-२० विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित, नायक बने करण

काठमाडौँ– सन्दीप लामिछाने र करण केसीको उत्कृष्ट प्रदर्शनपछि मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको बायुसमास ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १७२ रन बनायो । १७३ रनको विजयी लक्ष्य पच्छ्याएको थाइल्याण्डको ८.५ ओभरमा ९ विकेटको क्षतीमा मात्र १८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । पानीले खेल प्रभावित भएसंगै नेपालले डीएल मेथडमा थाइल्याण्डलाई १४० रनमा हराएको हो । थाइल्याण्डका ब्याट्समेन नेपाली बलरसामू निरीह साबित भए । थाइल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा सन्दीप लामिछानेले पाँच तथा करण...

Read More

हैटीमा भूकम्प, कम्तीमा १० जनाको मृत्यु

मेक्सिको सिटी– हैटीमा शनिबार राति गएको ५।९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पबाट घरहरु, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ । भूकम्पबाट धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो । हैटीमा यसअघि...

Read More

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

काठमाडौँ– बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ । सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी...

Read More

श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक २५ पतिशतले बढ्यो

काठमाडौँ– सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ । कागज खरिदमा अनियमितता गरेको भनेर छानविन चलिरहेका बेला उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि सरकारले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक...

Read More

बंगबन्धु गोल्डकप : रित्तै घर फर्कियो डिफेन्डिङ च्याम्पियन नेपाल

काठमाडौं – बंगबन्धु गोल्डकपको अघिल्लो संस्करणको च्याम्पियन खेल्न बंगलादेश गएको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । असोज १४ गते बंगलादेश गएको राष्ट्रिय फुुटबल टोली बंगबन्धुमा समूूह चरणबाटै बाहिरिएपछि आइतबार अपरान्ह स्वदेश फर्किएको हो । बंगबन्धुमा समूह ए नेपालसँगै ताजकिस्तान र प्यालेस्टाइन रहेका थिए । साविक विजेता नेपाल समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै, समूह चरणमा नेपाल प्यालेस्टायनसँगको दोस्रो खेलमा १-० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशमा नेपालले आफूभन्दा बलियो मानिएका टोलीसँग रक्षात्मक खेलेको थियो...

Read More