Author: Himalaya Post

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ– धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ । समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक उल्लेख्य...

Read More

दशैँको शुभकामना दिँदै गोपालमान श्रेष्ठले भने, ‘अब मुलुक समृद्धिको दिशामा जान्छ’

सामाजिक सद्भाव र सु संस्कृत व्यवहार अभिवृद्धि गर्न हाम्रा महान पर्वहरु सफल रहुन् । अहिलेको वडा दशैँ, तिहार, छठ, नेपाल संवत् लगायत सबै पर्वहरुको सु अवसरमा नेपाली कांग्रेस र मेरो ब्यक्तिगत तर्फबाट देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दीर्घायु, प्रगती, विकास र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । मुलुक अब समृद्धितर्फ जाने हो, शान्त र सुखमय बनाउने हो । त्यसको लागि सबै नेपालीहरु एकजुट भएर अगाडी बढ्नुपर्छ । यसर्थ देशभक्त कर्मचारी, स्वास्थ्यकर्मी, व्यवशायी तथा सञ्चारकर्मी लयागत सबै नेपालीहरुलाई हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछु । जय नेपाल – गोपालमान श्रेष्ठ पूर्व उपप्रधानमन्त्री एवं पूर्व उपसभापति, बरिष्ठ केन्द्रिय सदस्य, नेपाली...

Read More

समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौँ– बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउँछन् । उनी भन्छन् – “जमरा आफैंमा औषधि...

Read More

तलब नपाउँदा ऋण लिएर दशैँ मनाउँदै प्रदेश कर्मचारी

धनगढी– सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् । प्रदेश सरकार मतहतका वन डिभिजन कार्यालय, सीप विकास तालीम केन्द्रलगायत १२ कार्यालयका कर्मचारीले दशैँको मुखमा तलब नपाएपछि दशैँ मनाउन चाहिने खर्चको जोहो गर्न ऋण मागेर काम चलाउनु परेको एक कर्मचारीले बताएका छन् । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी केशव पराजुलीले साउनमा आएर प्रदेश सरकार मातहत यी कार्यालय आएकाले अख्तियारी आउनमा भएको ढिलाइका कारण १२ वटा कार्यालयका कर्मचारीलाई तलब समयमै खुवाउन नसकिएको बताए । ‘कार्यालयका कर्मचारीलाई तलब खुवाउनका लागि ‘रेडबुक’मा...

Read More

तालीम प्राप्त कुकुर लगाएर गड्डाचौकी नाकामा जाँच

भीमदत्तनगर– दशैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै जाँदा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा तालीम प्राप्त कुकुरको सहायताबाट आज बिहानदेखि सुरक्षा जाँच गर्न थालिएको छ । प्रतिबन्धित बस्तुभाउको रोकथाम एवं नियन्त्रणका साथै सुरक्षा क्षेत्रमा चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियाँल्न कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । “नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतीय एसएसबी पनि सीमा क्षेत्रमा समन्वय गरेर सुरक्षा सतर्कता बढाइएको छ,” प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक गणेशराज जोशीले भने “कुकुरबाट पनि आज बिहानदेखि नाकाको सुरक्षा जाँच्न थालेका छौँ ।” उक्त कार्यका लागि धनगढीबाट एउटा कुकुर ल्याइएको छ । चाडपर्व मनाउन भारतका विभिन्न शहरबाट...

Read More