Author: Himalaya Post

टी-२० विश्वकप छनोट : थाइल्याण्डविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । मलेसियाको बायुसमास ओभल मैदानमा थाइल्याण्डले टस जितेर फिल्डङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यस अघिको मलेसिया र म्यानमारसंगको खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो...

Read More

प्रदेश प्रमुख कायस्थले दिए विजया दशमीको शुभकामना

जनकपुरधाम– विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सबैमा शुभकामना व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रदेश प्रमुख कायस्थले विजया दशमी, दिपावली तथा छठ पर्व २०७५ को अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुख शान्ति, समृद्धि, सदभाव तथा आपसी भाईचारा कायम रहोस भनी शुभकामना व्यक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित उक्त कार्यक्रममा प्रदेश २ का मन्त्रीहरु, साँसदहरु, बिभिन्न सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु, नागरिक समाज , समाजसेवी, राजनितीकर्मी तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो...

Read More

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । न्यूरोलोजिस्ट डा वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा यमबहादुर राना, हाड जोर्नी डा नवीन कर्ण, डा सुदीप खनिया, डा समर्थ सिंह, डा राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा नारायणी रोका, आँखा रोग डा रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा सुरेशप्रसाद साह, बालबालिका डा अमितप्रताप साह, दन्त रोगलगायतकाले उक्त ठाउँमा सेवा प्रदान गरिएको...

Read More

रोनाल्डोको गोलमा युभेन्टसको शत प्रतिशत नतिजा कायम

एजेन्सी– क्रिस्टियानो रोनाल्डोले इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्धको जितमा गोल गरेका छन् । शनिबार उनिनेको घरेलु मैदानमा २–० को जित निकाल्ने क्रममा रोनाल्डोले युभेन्ट्सका लागि गोल गरेका हुन् । युभेन्टसलाई जिताउन रोनाल्डोसँगै रोड्रीगो बेन्टान्कुरले गोल गरेका थिए । खेलको ३३औं मिनेटमा जोआओ क्यन्सेलोको पासमा रोड्रीगोले गोल गरेका थिए । त्यसको चार मिनेटपछि रोनाल्डोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । रोनाल्डोले गोल गरेपछि आफ्ना सहकर्मीलाई केही ठाउँ खाली राख्न आग्रह गर्दै टेलिभिजन क्यामरा अगाडि आफ्नो ट्रेडमार्क सेलिब्रेसन गरेका थिए । उनको यो लिगमा चौथो गोल हो । यो...

Read More

तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान– लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिएका छन् । शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताएका छन् । े विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा एक हजार विद्यार्थीको भविष्य...

Read More