Author: Himalaya Post

प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव– ‘कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्नुहोस्’

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै अध्यक्ष साम्पाङले संसदप्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए । सुकुमबासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ...

Read More

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ- कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ । कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका...

Read More

म्याग्दीमा सिंगा तातोपानी प्रहरी चौकी भवन उद्घाटन, भूकम्प प्रतिरोधी सुविधा सम्पन्न संरचना निर्माण

म्याग्दी – गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री ले बिहीबार म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा निर्माण गरिएको सिंगा तातोपानी प्रहरी चौकी भवनको उद्घाटन गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा तीन करोड ५१ लाखको लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रतिरोधी क्षमतासहितको सुविधा सम्पन्न रहेको बताइएको छ । नवनिर्मित भवनले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो...

Read More

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौं – नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी...

Read More

मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

काठमाडौं – सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी—०१,कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ। यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पु¥याउने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख सूचना...

Read More