काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
काठमाडौं – नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन्। उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन्। मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन। विशेष महाधिवेशनजस्ता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदै उनले नेतृत्व सम्हालेको उल्लेख गर्दै उनले लिएका निर्णयहरूलाई दीर्घकालीन सोचसहित हेर्नुपर्ने बताए। उनले देशको कमजोर आर्थिक अवस्था, युवाहरूमा बढ्दो निराशा र नेतृत्वप्रति घट्दो विश्वासका बीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु आवश्यक रहेको धारणा राखे। यस्तो अवस्थामा सत्तारूढ दलभित्रैबाट प्रश्न उठाउनु जायज भएको उनले बताएका छन्।...
Read More

























