सदस्यता अभियानमा कडाइ, असहयोग गर्ने वडा सभापतिमाथि कारबाही हुने
काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सक्रियता नदेखाउने वडा सभापतिहरूमाथि कडा कदम चाल्ने संकेत गरेको छ। पार्टीले संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जनाएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशभरका वडा समितिलाई पठाएको निर्देशनपत्रमा तोकिएको समयभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न स्पष्ट आग्रह गरिएको छ। कांग्रेसले सबै वडा सभापतिलाई मोबाइलमा ‘नेपाली कांग्रेस एप’ डाउनलोड गरी डिजिटल माध्यमबाट सदस्यता विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। पार्टीका अनुसार जेठ २१ गतेभित्र सम्पूर्ण विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ। निर्धारित समयसीमा भित्र काम सम्पन्न नभए विधानअनुसार वैकल्पिक व्यवस्था अपनाइने र आवश्यक परे सम्बन्धित वडा सभापतिमाथि कारबाही...
Read More

























