Author: Himalaya Post

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमले विद्यार्थी संख्यासँगै गुणस्तरमा सुधार

पोखरा– पोखरा लेखनाथ महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएका कारण विद्यार्थी संख्यामा वृद्धि हुनाका साथै गुणस्तरीयता पनि बढ्दै गएको छ । समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन शुरु गरिएको विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार ८८ जनाले अध्ययन गरिरहेका छन् । अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएसँगै विद्यार्थी संख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै आएको र संख्या वृद्धिसँगै गुणस्तरीयता पनि वृद्धि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताए । अंग्रेजी तथा नेपाली दुवै माध्यममा गुणस्तरीय शिक्षाका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक...

Read More

बागलुङमा वन्यजन्तु संरक्षण उद्यान बन्दै

बागलुङ– प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ । वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले बताए। उनका अनुसार मन्दिरको चारैतिर फैलिएको १९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिनेछ । “यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षण गर्छौँ”, उनले भने, “वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।” तारबारले घेरेको अस्थायी संरचनामा हालैमात्र दुई मृगलाई संरक्षण गरी राखिएको छ । पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि...

Read More

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्दै उनले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे । पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पुर्याउन सकिने बताए । नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उनले गतिशील भएर अगाडि बढ्नुपर्ने बताए । नेता नेपालले भने, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै...

Read More

लगातार बढेको गर्मीले जनजीवन प्रभावित

धनगढी– लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ । गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चिसो मौसम रहने चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् । वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न...

Read More

”भारतीय सिन्डिकेट अब तोडिनुपर्छ, प्रधानमन्त्रीको भ्रमण नेपाल र चीन दुबैका लागि कोशेढुङ्गा हो” : कल्याण रोका

”रेल ल्याउने कुरा नेपालको मात्रै होईन, चीन र भारतको पनि सपना हो” प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्रीको यस भ्रमणको प्रमुख सन्देश के हो ? यसअघि चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण हुने भन्ने चर्चा चलेको थियो । तर हुन सकेन । के ओलीको यो भ्रमणले सीको नेपाल भ्रमणलाई मार्ग प्रशस्त गर्ला ? नेपालको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको यो भ्रमण कत्तिको महत्वपूर्ण छ ? यस अघि भएका सम्झौताहरुको कार्यान्वयनका लागि यो भ्रमण कत्तिको प्रभावकारी होला ? लगायतका विविध विषयमा हिमालय पोष्टले राजनीतिक अर्थशास्त्री कल्याण रोकासंग कुराकानी गरेको छ...

Read More