Author: Himalaya Post

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल : मन्त्री अनुपस्थित हुँदा रोकियो बैठक

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको समृद्ध हासिल नहुने भन्दै प्रदेश नं २ बजेट विनियोजन गर्दा पूर्वग्राही देखिएको आरोप लगाए । उनले तराईमा सिँचाइ र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमै सम्बोधन गर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता औँल्याउँदै सुरक्षा चुस्त र...

Read More

तरकारी बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

काभ्रे–काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट...

Read More

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट : ‘सन्तानलाई अब जानै दिन्नौँ’

बेनी, म्याग्दी– दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धन बहादुरका आँखा अहिले पनि रसाइरहेका छन् । धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत महिनाको ११ गते मलेसियामै ड्युटी...

Read More

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए । “उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएका हौँ,”–उनले भने । आफूखुशी...

Read More

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी– नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताए । नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका विमानस्थलमध्ये अहिले सञ्चालनमा नरहेका विमानस्थल कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा प्राधिकरणले गहन अध्ययन गरिरहेको पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए । उनले नयाँ विमानस्थल निर्माणभन्दा पनि ठूला विमान अवतरण गरिरहेका स्थानको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय क्षमताका विमानस्थलको स्तरोन्नति गरी...

Read More