Author: Himalaya Post

हिलाम्मे सडकका कारण ढुवानी रोकिँदा डिजेल र पेट्रोल अभाव

तेह्रथुम– हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ । जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताएका छन् । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र...

Read More

अब घण्टाको पनि तलब तोकिँदै

काठमाडौं– अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । – आजको...

Read More

‘विश्वकप ब्राजिलले जित्छ’– म्यारोडोना

काठमाडौं– अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाले ब्राजिल रसिया विश्वकपको बलियो उपाधि दावेदार भएको बताएका छन् । उनले विश्वकपमा ब्राजिलले गरिरहेका प्रदर्शन हेर्दा उपाधि जित्ने सम्भाना धेरे रहेको बताएका हुन् । ‘म यो विश्वकपको मजा लिइरहेको छु । मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरु उपाधिको यात्रामा छन् ।’ उनले नेयमार माथि भइरहेका फउलको आलोचना समेत गरेका छन् । अन्तिम १६ मा मेक्सिकोसँगको खेलमा नेयमार लयमा देखिएका थिए । पछिल्ला चार खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ । सोही खेलमा नेयमारले विपक्षी खेलाडी फाउलमा बढी अभियन गरेको भन्दै आलोचना भइरहँदा म्यारोडोनाले भने फाउलको आलोचना गरेका हुन् । ब्राजिलले २–०...

Read More

युवा संघका केन्द्रिय उपाध्यक्ष वस्नेतको नेतृत्वमा वृहत रोपाई कार्यक्रम सम्पन्न

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त रुपमा आयोजना भएको जनश्रममा युवा कार्यक्रम अन्तर्गत युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष पर्शुराम वस्नेतको नेतृत्वमा वृहत रोपाई कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल र वाईसिएल मोरङको संयुक्त आयोजनामा संघका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश ईन्चार्ज डायनामिक युवा नेता बस्नेतको प्रमुख आतिथ्य, माननीय सांसद कृष्णकुमारी राईको विशिष्ट आतिथ्य, संघका केन्द्रीय सचिवालय सदस्य तथा गतिशील युवा नेता रविन थापाको विशेष उपस्थितमा पथरीशनिश्चरे नगरकमिटीकी उपमेयर यमुना विष्टको प्रेरक उपस्थितिमा संघको संयुक्त केन्द्रीय अभियान अन्तर्गत तीन दिन जनश्रममा युवा अभियान अन्तर्गत पथरीशनिश्चरे नगरपालिका वडा नं. ८...

Read More

झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ– झापाको चारपानेमा एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिका वडा नं २, चारपानेमा स्थापित उक्त शाखाको बुधबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५०अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा...

Read More