Author: Himalaya Post

पहिलो चरणको निर्वाचन सकिने बित्तिकै मतगणना हुने

काठमाडौँ– स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतगणना हुने भएको छ । दुई चरणको निर्वाचन एक महिनाको अन्तरमा हुँदैछ । यससँगै बैशाख ३१ मा मतदान हुने तीन प्रदेशको मतगणना कहिले गर्ने भन्ने प्रश्न उठेको थियो । मतगणना नगरी राख्दा मतपेटिकाको सुरक्षामा समस्या आउँछ । तत्काल गणना नगर्दा आयोगका साथै सुरक्षा निकाय र उम्मेदवारका प्रतिनिधिले रुँघेर बस्नु पर्ने हुन्छ । गणना गर्दा पहिलो चरणको परिणामले दोस्रो चरणको चुनावलाई प्रभावित पार्ने सम्भावना हुने भन्दै के गर्ने भन्ने प्रश्न उठेको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको मतदान भए लगतै गणना सुरु हुने बताए...

Read More

निर्वाचनमा काँग्रेसको ‘वान बुथ ट्वान्टी युथ’ अभियान

काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन अभियानलाई तीव्रता दिएको छ । नेविसङ्घले आफ्नो स्थापनाको ४८ औँ वर्षगाँठका सन्दर्भमा गत वैशाख ६ गते देशका ७४४ वटै स्थानीय तहमा एकैपटक प्रचारात्मक अभियान सम्पन्न गरी सोही कार्यक्रमलाई निर्वाचन परिचालन विशेष प्रशिक्षण अभियानका रुपमा अघि बढाएको थियो । त्यसैको निरन्तरता स्वरुप लोकतन्त्र दिवसका अवसरमा नेविसङ्घले आज काठमाडौँमा दोस्रो चरणको ‘निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष कार्यक्रम’को आयोजना गरेको हो । ‘गाउँ आऔँ–नगर जाऔँ, जनता जगाऔँ–काँग्रेस जिताऔँ’ भन्ने मूल नाराका साथ आयोजित प्रशिक्षणमा बोल्ने काँग्रेसका अधिकांश युवा नेताले लोकतन्त्र र समग्र राजनीतिक परिवर्तनको...

Read More

काँग्रेसको चुनावी घोषणापत्र भोलि सार्वजनिक गरिँदै

काठमाडौँ– नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र सार्वजनिक गर्ने पार्टीले जनाएको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई काँग्रेसले प्राथमिकतामा राखेको घोषणापत्र तयारी समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए । स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा...

Read More

नम्रता श्रेष्ठ अभिनित फिल्म ‘पर्व’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ– नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म पर्वको राजधानीमा आइतबार ट्रेलर तथा मोसन पोस्टर सार्वजनिक गरिएको छ । रोमान्टिक थ्रीलर भनिएको ‘पर्व’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् । नम्रता श्रेष्ठ र कोशिस क्षत्रीले पहिलो पटक स्क्रिन सेयर गरेको फिल्म जेठ १२ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । छायांकन अवधिमै सार्वजनिक गरिएको फिल्मको एउटा गीत ‘काले दाइ’ का कारण पनि ‘पर्व’ ले हाइप पाएको छ । निश्चल बस्नेत र माला लिम्बू फिचरिङ उक्त गीतलाई युट्युबमा तीन महिनाभित्रै झन्डै ९२ लाख पटक हेरिएको छ । यसअघि नम्रता श्रेष्ठ र आर्यन सिग्देलको जोडीलाई लिएर ‘क्लासिक’, ‘नोभेम्बर रेन’ बनाइसकेका निर्देशक राउत लभस्टोरी  फिल्ममा...

Read More

बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन – अध्यक्ष ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत भएको टिप्पणी गरे। सहमतिका नाममा सरकारले चालेका कदमप्रति आफूहरु चिन्तित भएको उल्लेख गर्दै उनले भने – “सरकारले देशलाई साँच्चै निर्वाचनको बाटोमा लैजान खोजेको हो भने सहमतिका महत्वपूर्ण छलफलमा प्रमुख प्रतिपक्ष दललाई बेवास्ता गर्नु उचित थिएन ।” अध्यक्ष ओलीले भने – “हामी सहमतिको पक्षमा छौँ ।...

Read More