Author: Himalaya Post

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

रोल्पा– गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२/१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् । बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको...

Read More

एमालेसहितको राष्ट्रिय सरकार बनाऔं : सञ्चारमन्त्री कार्की

भक्तपुर– सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्र कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् । आज रफत सञ्चार क्लबमा आयोजना गरेको अन्तक्र्रिया कार्याक्रममा उनले भने — ‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’मन्त्री कार्कीले “एमाले र मधेशवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन सहज र प्रभावकारी हुन सक्थ्यो भने।” एमाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिदैं उनले भने– “एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु ।” मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई...

Read More

मेची-महाकाली अभियान सफल भएको एमालेको निष्कर्ष, सरकार र मोर्चामाथि आरोप नै आरोप

हिमालयपोष्ट संवाददाता, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको समापन अवसरमा एमाले अध्यक्ष केपी ओलीले शुक्रबार एक विज्ञप्ती निकाल्दै भने ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ । ’ अध्यक्ष ओलीले अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्ने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए । ‘‘एमालेको निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समय अगाडि मात्रै आगामी २०७४...

Read More

मानव अधिकार सचेतन केन्द्र रोल्पाद्वारा ग्रामीण भेगमा ७६ बालविकास भवन निर्माण

रोल्पा– जिल्लाको ग्रामीण भेगका विभिन्न ११ गाविसमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले ७६ वटा बालविकास केन्द्र भवन निर्माण गरेका छन् । जिल्ला शिक्षा कार्यालय रोल्पासँग समन्वय गरी जिल्लाका लिवाङ, खुमेल, खुङ्ग्री, घोडागाउँ, दुविडाँडा, झेनाम, सखी, नुवागाउ, कोटगाउ, धवाङ र ओत गाविसमा ती भवन निर्माण गरिएको हुरेक रोल्पाले जनाएको छ ।भवन निर्माणमा स्थानीय समुदायको माग र लागत विवरणअनुसार कम्तीमा तीन देखि ६ लाखसम्म खर्च भएको बताइएको छ । बालबालिकाको बसाइँ व्यवस्थापन, शैक्षिक सामग्री सहयोग तथा बाल शिक्षकलाई तालिमसमेत प्रदान गरी बालविकास केन्द्रलाई सिकाइ मैत्री बनाउने काममा सहयोग गरिएको हुरेक रोल्पाका शिक्षा परियोजना संयोजक कृष्णबहादुर घर्तीमगरले जानकारी दिए ।२०१४ सालदेखि सेभ...

Read More

(युएन स्क्याप) का कार्यकारी सचिव र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सो भेटमा उनीहरुबीच युएन स्क्यापका गतिविधिका बारेमा कुराकानी भएको थियो ।सन् १९४७ मा स्थापना भएको सो सस्थामा हाल एसिया तथा प्रशान्त क्षेत्रका नेपालसहित ५३ देश सदस्य र विभिन्न ९ देश आवद्ध रहेका छन् । पाकिस्तानका कार्यकारी सचिव अख्तरले सन् २०१४ देखि सो पदमा कार्यभार सम्हालेका थिए । युएन स्क्यापले यस क्षेत्रका आर्थिक एवम् सामाजिक विकास, यातायात, वातावरणीय तथा दिगो विकास, सूचना तथा सञ्चार, प्रविधि र समृद्धिलगायतका क्षेत्रमा...

Read More