Author: Himalaya Post

वार्ता र संवादमा आउन मोर्चालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनमा नजान र सहमति र सहकार्यमा आउन मधेसकेन्द्रित दलका शीर्ष नेतालाई आग्रह गरेका छन्। मधेस केन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लो पटक संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेको भोलिपल्टै प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई आज टेलिफोन गरेर वार्ताका लागि आउन र कुनै पनि बहकाउमा नलाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले आज सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई...

Read More

अर्थतन्त्रमा सकारात्मक लक्षणको वर्ष – २०७३

काठमाडौँ– अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ । आर्थिक वर्ष २०७३/७४को बजेटमा भनिएजस्तै आर्थिक क्षेत्रले उत्पादकत्व र उत्पादन वृद्धि गरी उच्चदरको आर्थिक वृद्धि गर्ने सपना विस्तारै पूरा होला भन्ने सकारात्मक अपेक्षा गर्न सकिने अवस्था देखिएका छन् । शून्य दशमलव ८ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर चालु आवमा ६.५ प्रतिशतले वृद्धि हुने सरकारको अपेक्षाले पनि अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको हो । त्यसैगरी वित्तीय क्षेत्रमा देखिएको सुधार, सेवा क्षेत्रको मनोबल उच्च र निजी क्षेत्रमा देखिएको उत्साह, पुँजी निर्माणमा देखिएको सक्रियताजस्ता सकारात्मक पाटाले आर्थिक जगतमा उत्साह देखिएको हो ।...

Read More

फर्केर हेर्दा २०७३ : पर्यटनका लागि उत्साहपूर्ण वर्ष

सिबी अधिकारी, काठमाडौँ– भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो । महोत्सवको अवसरमा विश्वचर्चित जुनको...

Read More

‘सरकार र निजी क्षेत्र मिलेमात्र देशको विकास सम्भव’ : नवनिर्वाचित अध्यक्ष राणा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले मुलुकको सामाजिक र आर्थिक विकासका लागि महासङ्घले काम गर्ने बताएकी हुन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने काममा महासङ्घ लाग्ने बताइन् । अध्यक्ष राणाले महासङ्घले विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रुपमा अगाडि बढाउने स्पष्ट पारिन् । उनले भनिन्, “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।” अध्यक्ष राणाले आर्थिक समृद्धिका लागि निर्वाचन आवश्यक रहेको समेत बताइन्।...

Read More

निर्वाचनको सम्पूर्ण तयारी पुरा : प्रमुख आयुक्त यादव

विराटनगर- प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गरे । ‘निर्वाचनमा सेना परिचालन’ बारे आफूले नबोलेको प्रष्ट पार्दै उनले काठमाडौंँबाट प्रकासित एक दैनिक यस्ता बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकासित गरेकामा दुःख व्यक्त गरे । ‘‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि...

Read More