Author: Himalaya Post

राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा यही चैत १० गतेभित्र जिल्ला कार्य समितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ । नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका सबै एकाइ समायोजन गरी राजनीतिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेता तथा काठमाडौँ उपत्यका बाहिरका केन्द्रीय सदस्यलाई काठमाडौँ छाड्न पार्टीले निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । केही जिल्लामा सोमबारदेखि विस्तारित बैठक सुरु हुने छन् । पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्य करिब सय जना छन् । ती नेताले काठमाडौँ उपत्यका बाहिर जाने र देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनावसम्बन्धी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहको...

Read More

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहार : नेता मैनाली

भक्तपुर– नेकपा (माले)का महासचिव सिपी मैनालीले भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताए । पछिल्लो समयमा भारतकै इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ थियो ।महासचिव मैनालीले भने –“नेपाल र भारतबीचको सुगौली सन्धिदेखि नेपालको गणतान्त्रिक संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दी हुँदै नेपाली नागरिकमाथि गोली प्रहार गर्नेसम्मका कार्य गरेर भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आएको...

Read More

पर्यटक बढाउन बागलुङमा नयाँ वर्षमा ‘गुराँस उत्सव’हुने

बागलुङ– नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा...

Read More

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेट हुने निश्चित, बोआओ सम्मेलनमा सहभागी हुने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चैत १३ गते भेटवार्ता हुने निश्चित भएको छ। बालुवाटर स्रोतका अनुसार बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने टुंगो भएको हो। यसअघि उनले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चिनियाँ पक्षले शनिबार साँझ परराष्ट्र मन्त्रालयलाई मार्च २६ मा बेइजिङमा दाहाल र चिनफिङबीच भेट हुने बताएपछि प्रधानमन्त्री बोआओ जान लागेका हुन्। चिनीया पक्षले ‘वान वेल्ड वान रोड’ नीति अन्तर्गत नेपालले आफ्नो पक्षमा सहमति गरेमात्र भेट्ने चाहाना राखेको थियो । यो नेपालले स्वीकार गरेपछि चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्रीबीच भेट हुने...

Read More

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने

काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक/दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने...

Read More