Author: Himalaya Post

सीमाङ्कन सम्बन्धी प्रस्ताव संसदमा कुनैपनि हालमा पारित हुन दिदैनौँ : उपमहासचिव पौडेल

बुटवल– नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले सीमाङ्कन सम्बन्धी प्रस्ताव संसदमा कुनैपनि हालमा पारित हुन नदिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज बुटवमा आयोजना गरेको प्रदेश नं– ५ स्तरीय सङ्घीयता र शिक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । कार्यक्रमका बाल्दै नेता पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा जनता अधिकार सम्पन्न नभए सङ्घीयता टिकाउ नहुने बताए। साथै नेपालको विशिष्टतामा आधारित सङ्घीयता लागू गरिएकाले यसलाई कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा लगानी बढाइ स्थानीय तहलाई अधिकार दिनुपर्ने धारण नेता पौडेका थियो । कार्यक्रममा सांसद आदित्यनारायण कसोधनले समावेशी र समृद्ध मुलुकका लागि सङ्घीयता अनुकूल शिक्षानीति...

Read More

महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते हुने

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषय बस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । नेपाल प्रहरीका महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सरकारले फागुन १ गते नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव...

Read More

बसबाट खसेर एकको मृत्यु, रुखमा झुन्डिएको शव फेला

भक्तपुर– बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुननसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए । त्यसैगरी चाँगुनारायण नगरपालिका– ५ खरिपाटी घुमाउनेमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।...

Read More

प्रधानमन्त्री दाहालद्वारा अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तराष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए । नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे। सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताए । काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला÷महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्री परिषद्को बैठकले...

Read More

बेपत्ता भएको पाँच महिनापछि फेसबुकले मिलन गरायो

अर्घाखाँची– रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् । ‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले । उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । ‘परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे’ समाजसेवी सहयोगी बिसीले भने । दीपक अर्घाखाँचीमा आफुसँग...

Read More