Author: Himalaya Post

राष्ट्रपति भण्डारी वैशाख ४ गते भारत भ्रमणमा जाने

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो । यस अघि नै भारत भ्रमणमा जाने भनिएपनि विविध कारणले पटक(पटक उनको भ्रमण स्थगित गरिएको थियो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनेछिन् भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ । पाँच दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख...

Read More

निजीको भीडमा उत्कृष्ट मानिएका काठमाडौँका यी सामुदायिक विद्यालय

काठमाडौ – सङ्ख्यात्मकरुपमा निजी विद्यालयको बाहुल्यता रहेको काठमाडौँमा केही सामुदायिक विद्यालयस्ता छन् । जो सबै आधारमा निजी विद्यालयसंग प्रतिस्पर्धा गर्दै उत्कृष्ट कहलिएका छन् । एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा २८५ सामुदायिक विद्यालय रहकोमा प्रधानाध्याक, शिक्षक र अभिभावकको लगनशीलता एवं सक्रियताले केही विद्यालय अब्बल कहलिएका हुन् ।  रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलङकी, निलवराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, जनसेवा मावि कीर्तिपुर, मङगलोदय मावि थानकोट, विजय स्मारक मावि डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, तरुण मावि बालाजुलगायत विद्यालय सामुदायिकका राम्रा विद्यालयअन्तर्गत पर्ने गर्छन् । ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्तीर्ण प्रतिशत ९६ देखि १०० सम्म छ...

Read More

दोलखामा मच्छिन्द्रनाथको जात्रा सुरु

दोलखा– ऐतिहासिक सहर दोलखा बजारमा मङ्गलबारदेखि सहकालका देवता मच्छिन्द्रनाथ रथ यात्रा सुरु भएको छ । हिजो चैत्र शुक्ल पूर्णिमाका दिन सहकालका देवता मच्छिन्द्रनाथलाई दूधले स्नान गराइएको थियो । पर्वको पहिलो दिन बाजागाजासहित विधिपूर्वक मच्छिन्द्रनाथलाई दूधले स्नान गर्ने चलन छ । मङ्गलबार बिहानैदेखि निराहार व्रत बसेका व्रतालुहरु मच्छिन्द्रनाथको पूजा गरेपछि मात्रै भोजन ग्रहण गर्ने चलन रहेको समाजसेवी भरत प्रधानले बताए । यसैगरी पर्वको दोस्रो दिन अर्थात् आज मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गराइने छ । रथारोहण गराइएपछि बिहीबारदेखि विधिपूर्वक रथयात्रा प्रारम्भ हुनेछ । रथयात्रा ऐतिहासिक सहर दोलखाका विभिन्न टोल टोल गरिनेछ जसअनुसार भोलि ३१ गते पिङ्गल टोलबाट नक्छेसम्म रथायात्रा हुनेछ । वैशाख...

Read More

सोलुखुम्बुको पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

सोलुखुम्बु– सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो । अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडौँ आइपुगेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले जानकारी दिए । मिग्युलसँगै विभिन्न देशका १७ जना प्रतिनिधि काठमाडौँ आइपुगेका र अन्य प्रतिनिधि आउने क्रम जारी रहेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिले भाग लिनेभएका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको रानापालले बताए । सोलुखुम्बुलाई खेलकुदका...

Read More

फेवाताल किनारामा नववर्ष महोत्सव सुरु

पोखरा– पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ । प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको बताउँदै उनले भने – “मुलुकको विषम परिस्थतिमा...

Read More