Author: Himalaya Post

मेलम्ची खानेपानी आयोजनाका निर्देशक भन्छन्, वर्षाअघि पाइप बिच्छ्याउने र कालोपत्र गर्ने काम सकिन्छ

काठमाडौँ– व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाट सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो सक्न आयोजनालाई निर्देशन पनि दिएको छ । यसअघि, बैठकमा सांसदहरुले कर्मचारी संयन्त्रमा दूरगामी सोच र शक्तिको ¥हास हुँदै गएको र भत्ताको लालसा बढेको बताएका थिए । पाइप बिच्छ्याउने काम व्यवस्थित हुन नसक्दा उत्पन्न धुलो धुवाँको समस्या मुलुकका सबै क्षेत्रमा अस्तव्यस्तता र बेथिति विद्यमान छ भन्ने उदाहरण भएको...

Read More

न्यायाधीशको पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ– प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट आज बहुमतले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले बेग्ला बेग्लै प्रस्तुत गरेको उक्त विधेयकसम्बन्धी प्रस्तावलाई सदनले बहुमतबाट स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, रामनारायण बिंडारी, प्रतीक्षा तिवारी मुखिया, कृष्णभक्त पोखरेललगायतले विधेयकमा स्वतन्त्र न्यायालय र न्यायमूर्ति न्यायाधीशको गरिमालाई होच्याउने काम भएकाले त्यसलाई परिमार्जन र सुधार गर्र्नुपर्नेमा जोड दिएका थिए। विधेयकलाई व्यापक गृहकार्य गरेर ल्याउनुपर्नेमा कर्मकाण्डी हिसाबले ल्याइएको भनी त्यसको विरोध गर्दै उनीहरुले अदालत र न्यायाधीशलाई दिइनुपर्ने...

Read More

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

काठमाडौँ –निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए । “अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उनले भने, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छौँ ।” शर्माका अनुसार एक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी राख्ने तयारी छ । एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔँलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिने छ । आयोगले मतदान अधिकृतका...

Read More

बाँकेमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

काठमाडौँ– बाँके जिल्लामा पर्ने गुलरिया नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ । उक्त सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो । एमालेको मेची महाकाली राष्ट्रिय अभियान...

Read More

दृष्टिविहीन ‘जानकी’ले ओतलाग्ने घर पाइन्

भिमदत्तनगर – चौवन्न वर्षीया जानकी धामी जन्मजात दृष्टिविहीन नारी हुन्। आँखाको दृष्टि गुम्दा संसार देख्न नपाउनु उनको तीतो यथार्थ मात्रै होइन, जानकीसित दशकौँदेखि भोगेका कष्टका वेदनासम्म सुनेदिने कोही छैन। श्रीमान् शिव धामीले १४ वर्षअघि दृष्टिविहीन जानकीलाई बेवास्ता गर्दै भारत पलायन भएपछि बेसहारा बनेकी उनी छिमेकीको सहारामा बाँचिरहेकी छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीमा बस्दै आएकी धामीका दुई छोरी पनि दृष्टिविहीन छन्। लामो समय अभाव र समस्यासित जुधेर छोरीको अभिभावकत्व प्रदान गर्दै आएकी धामीको पछिल्लो अवस्था भने झन् अभावले ग्रसित बन्दै गएको छ । “१४ बर्षको उमेरमा पहाड घर बैतडीबाट जबर्जस्ती बिहे गरेर श्रीमान् भागेर भारत पसे”, जानकीले रासससित भनिन्, “मेरो त...

Read More