Author: Himalaya Post

विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग

म्याग्दी– बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार २०० शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनमा १३ जनाले सो रकम सङ्कलन गरेर पठाएका हुन् । सहयोगदाताका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन र प्रअ रामबहादुर पुनलाई रकम हस्तान्तरण गरेका थिए । स्थानीयस्तरबाट सहयोग सङ्कलन गरेर रु तीन करोडको लागतमा ३० कोठे पक्की भवन निर्माण कार्य अघि बढाइएको छ । पहिलो चरणमा १० कोठे भवन निर्माण...

Read More

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर– ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने...

Read More

निर्वाचनमा पुरुषभन्दा महिला सक्रिय बन्दै

रामपुर,पाल्पा– स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् । सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन् । गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन् । महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।...

Read More

डीपीएल क्रिकेट : ज्ञानेन्द्रको टोलिसंग हार्यो पारसको टोली

काठमाडौँ– धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको दोस्रो खेलमा सीवाइसी अत्तरियाले जितेको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा सीवाइसी अत्तरियाले चौराहलाई ४० रनले हराउँदै आफ्नो दोस्रो जित निकालेको हो । टस जितेर व्याटिङको लागि आएको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । जवाफी व्याटिङमा १ सय ४३ रनको लक्ष्य लिएर आएको टिम चौराह धनगढीले ९ विकेट गुमाई १ सय २ रनमात्र बनाउन सक्यो । पारस खड्काको कप्तानीमा रहेको टिम चौराह धनगढीले पहिलो तीन खेलमै पराजय बेहोरिसकेको छ । टोली लगभग प्रतियोगिताबाट बाहिरिएको छ...

Read More

यस्तो आयो चलचित्र ‘सायद २’को ट्रेलर

काठमाडौँ- करिब तीन वर्ष पहिलेको सफल चलचित्र ‘सायद’को सिक्वेल ‘सायद २’को ट्रेलर सार्वजनिक भएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार साँझ आयोजित ‘न्यु ईयर ईभ- म्युजिकल नाईट’ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका कलाकार र निर्माण पक्षले ट्रेलर सार्वजनिक गरे । चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । दुर्गिश फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्र असार ३० बाट देशभर लाग्दैछ । चलचित्रका निर्माता ईश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् भने निर्माणमा उनीहरुलाई हेमदेव गौतम...

Read More