Author: Himalaya Post

आइपीएलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन हैदराबादद्वारा बेङ्लोर ३५ रनले पराजित

काठमाडौँ– डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादले दशौं संस्करणको आइपिएलमा विजयी सुरुवात गरेको छ। गत वर्ष फाइनलमा हराएको रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ३५ रनले पराजित गर्ने क्रममा बुधबारदेखि सुरु भएको यस सिजनको आइपिएलमा हैदराबादले गतिलो प्रदर्शन गर्यो। बेङ्लोरको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै डिपार्टमेन्टमा हैदराबाद उत्कृष्ट देखियो। बेङ्लोरबाट कप्तान विराट कोहली, उपकप्तान एबी डीभिलियर्स तथा प्रारम्भिक ब्याट्सम्यान केएल राहुल गरी ३ खेलाडी चोटका कारण अनुपस्थित थिए। त्यसैले पहिलो खेलमा सेन वाटसनको नेतृत्वमा बेङ्लोर मैदानमा उत्रिएको थियो। हैदराबादले पहिलो ब्याटिङ गर्ने क्रममा युवराज सिंहको बिस्फोटक ब्याटिङमा ४ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो। युवराजले २३ बलमा अर्धसतक बनाएका थिए। उनको...

Read More

पानीको अभावमा चैते धान रोप्न समस्या

सप्तरी– पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ । जिल्लामा रहेका विभिन्न नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाइँमा समस्या आएको हो । चैतको पहिलो सातासम्ममा धान रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाइँ गर्न बाँकी रहेको हनुमाननगरका रामदेव यादवले बताए । केहीले पानीको अभाव भएपछि मेसिनबाट पानी तानेर रोपाइँ गर्न थालेका छन् । जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा रोपाइँमा समस्या आएको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार जिल्लामा गत वर्ष एक हजार ४०० हेक्टरमा चैते धान लगाइएको थियो । दुई हजार ४०० मेट्रिक टन धान...

Read More

अन्य दुई पार्टीसंगको एकीकरणपछि गच्छदार बने संसद्को पाचौँ ठूलो शक्ति

काठमाडौँ– विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकीकरण घोषणा गरिएको हो । एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। अध्यक्ष गच्छदारसँग १४ सांसद छन् भने शिवलाल थापाको राष्ट्रिय जनमुक्ति पार्टीसँग दुई र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टी नेपालसँग एक सांसद रहेका छन् । यो सँगै फोरम लोकतान्त्रिकबाट सांसद संख्या १७ पुगेपछि पार्टी संसदमा पाँचौ ठूलो दल बनेको छ। यसअघि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले अशोक रायका पार्टी संघीय समाजवादी पार्टीसँग एकीकरण गरि १५ जना सभासद्को पार्टी...

Read More

बुद्धिजीवीद्वारा गुटगत भन्दा राम्रो उम्मेदवार चयन गर्न काँग्रेसलाई सुझाव

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न बुद्धिजीवीले नेपाली काँग्रेसका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसद्वारा घोषणा पत्र तयार गर्न सुझाव सङ्कलनका लागि आज आयोजित कार्यक्रममा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन । पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले पार्टी शीर्ष नेताको सहभागितासहित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रजातान्त्रिक विचार अवलम्बन गरेका पेशागत सङ्गठनका प्रतिनिधि, पूर्व उच्च प्रशासक, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित तथा...

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुरु

लुम्बिनी– चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैँले काम सुरु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए । “चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण विगत १५ दिनदेखि रोकिएको विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले...

Read More