Author: Himalaya Post

सन् १९५० को सन्धी पुनरावलोकन गर्न प्रबुद्ध समूहको तेस्रो बैठक सुरु

काठमाडौँ– नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक आज काठमाडौँमा सुरु भएको छ । । बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ । साथै बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले बताए । बैठकमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गरेका छन्...

Read More

फरार अभियुक्त जेल चलान

झापा– ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ । नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो । उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष कैद र रू आठ लाख सात सय ३० जरिवाना तोकेको थियो । उप्रेतीलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रहरी वृत्त ठिमी भक्तपुरको सहयोगमा चैत १८ गते पक्राउ गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले...

Read More

जिल्ला समन्वय समिति महोत्तरीको तालाबन्दी खोलियो

गौशाला– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए । समितिको दैनिक कामकारवाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको उनले बताए। जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन्...

Read More

दाना–कुश्मा विद्युत् प्रसारण लाइन निर्माण सुरु

म्याग्दी– म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको होे । आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु भएको बताए । टावर राख्नका लागि अन्य ठाउँमा नक्साङ्कन गरिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, दोवा, हिस्तान, बेग, भगवती, पिप्ले, पर्वतको बाँसखर्क, माझफाँट, धाइरिङ, नाग्लीवाङ हुँदै खुर्कोटसम्मको ३८दशमलव ८५ किलोमिटर दुरीमा प्रशारण...

Read More

गाई पनि रेडियो सुन्छन् इलाममा !

युवराज पाण्डे, इलाम– गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् । त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए । उनले त्यहाँस्थित चियाबारी...

Read More