Author: Himalaya Post

आगलागी हुँदा रु १४ लाख बराबरको क्षति

बर्दिया– बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन् । आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए । आगलागीबाट करिब रु १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिए...

Read More

चौथो दिनपनि बन्दले सप्तरीको जनजीवन प्रभावित

राजविराज – प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ । मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर चारजना मोर्चाको कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्धा, शौक्षिक संस्थालगायत सबै आज...

Read More

राजविराज घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने

काठमाडौँ– नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाकोे स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्ने भएको छ । आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा÷ सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । यसैगरी बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना...

Read More

होटेलभन्दा होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

लमजुङ– जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन् । जिल्लामा भित्रिएकामध्ये हजारौँ पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् । जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा...

Read More

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

नेपालगन्ज– अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही- ११, सुदूरपश्चिम- ११ र नेपालगन्ज-११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताए । त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा...

Read More