Author: Himalaya Post

युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट हुने

काठमाडौँ– युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कलेजस्तरमा रहेका प्रतिभावान् क्रिकेट खेलाडीले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सुमनराज कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै रु एक लाख पाउनेछ...

Read More

मन्त्रालय र केन्द्रीय निकायले नै तिर्दैनन् पानीको महसुल, प्रधानमन्त्री देखि राष्ट्रपतिको कार्यालयसम्म

पूर्णप्रसाद मिश्र, काठमाडौँ– मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु ४३ करोड महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभन्दा बढी महसुल नेपाल विद्युत् प्राधिकरणले रु ५० करोड तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ । प्राधिकरणले दुई महिना विद्युत्को महसुल नतिर्ने ग्राहकको घरमा लाइन काट्छ । तर त्यही संस्थाले पानी उपयोग गरेको महसुल करोडौँ तिर्न बाँकी हुँदा लिमिटेड कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ । लिमिटेडको महसुल तिर्न बाँकी रहेको मन्त्रालय एवम् केन्द्रीय निकायमा गृहमन्त्रालय रु आठ करोड १९ लाख, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रु छ करोड ७५ लाख, संस्कृति...

Read More

गैँडा स्थानान्तरण कार्य सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गर्ने कार्य आजदेखि सुरु गरिएको छ । चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथी गैँडा स्थानान्तरण गरिँदैछ । यसै क्रममा आज बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई डाट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरेर स्थानान्तरणका लागि ट्रकमा राखिएको छ । साँझसम्ममा सोही क्षेत्रबाट अर्को एक पोथी गैँडा डाट गरी शुक्लाफाँटा लैजाने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । पहिलो भाले गैँडालाई निकुञ्जका प्रविधिज्ञ तीर्थबहादुर लामाले रुखमा चढेर डाट गरेका थिए। डाट गरेको पाँच मिनेटमा गैँडा घाँसे मैदानमा...

Read More

रुपन्देहीमा निर्वाचन कार्यालय घेराउ गर्न गएका नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए । स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए । पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ...

Read More

एमालेस्थायी कमिटीको बैठक समपन्न : एक व्यक्ति एउटा चुनावका लागि मात्र उम्मेद्वार बन्न पाउने

काठमाडौँ– नेकपा एमालेले नयाँ संविधान अनुसार हुने लागेका तीन तहको चुनावमध्ये कुनै एउटामा उम्मेदवार बनेको व्यक्ति अर्को निर्वाचनमा पुनः उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । यो निर्णय अनुसार अहिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरु आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पनि उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । जुनसुकै चुनावमा पनि उम्मेदवारका आकांक्षीहरु धेरै हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थायी समितिको सोमबारको बैठकले यस्तो मापदण्ड बनाएको हो । ‘वर्तमान संविधान अनुसार हुन गइरहेको तीन तह (स्थानीय, प्रदेश र केन्द्रीय संसद) को निर्वाचनमध्ये...

Read More