Author: Himalaya Post

सामूहिक माछापालनमा किसान

बागलुङ– काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए । थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भने – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उहनको भनाइ छ । सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा...

Read More

बर्दियामा स्थानीय चुनावका लागि १५४ मतदानस्थल

बर्दिया– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ । यसअघि २०७० सालको संविधानसभा चुनावमा ३१३ मतदान केन्द्र र १४७ मतदानस्थल रहेको थियो । निर्वाचनमा दुई लाख ५९ हजार दुई जना मतदाताले मतदान गर्न सक्ने प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । तीमध्ये एक लाख ३० हजार २७७ महिला, एक लाख २८ हजार ७२० पुरुष र पाँछ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ५९ हजार दुई जना मतदाता रहेका जिल्ला...

Read More

गहुँको बीउ र माछामा आत्मनिर्भर बन्दै रुपन्देही

रुपन्देही– स्रोत संरक्षण कृषि प्रविधि र उन्नत बीउ प्रयोग गर्दा यस वर्ष जिल्लामा गहुँको बीउ र माछाको उत्पदानमा उल्लेखनीय वृद्धि भएको छ । उत्पादनमा आएको वृद्धिसँगै गहुँको बीउ र माछा उत्पदानमा रुपन्देही आत्मनिर्भर बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माछाका लागि रुपन्देहीलाई नमुना जिल्लाका रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं, जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले भने– ‘जिल्लाको छपिया क्षेत्रलाई माछाको पकेट क्षेत्रको रुपमा घोषणा गरी त्यसै अनुरुप विकास गर्ने कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको छ ।’ उनले यहाँ उत्पादित जिउँदो माछा जिल्लाको माग पूरा गरी अन्य जिल्लामा समेत निर्यात गर्न...

Read More

भारतीय राजदूत पुरीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका आवासीय राजदूत मञ्जिभसिंह पुरी र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा आ–आफ्ना ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायको कार्यकाल सकिएपछि पुरीको नाम नेपालका लागि सिफारिस गरिएको थियो । रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएका थिए। भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा रास्ट्रपति मार्फत अनुमोदन गरिएको थियो । नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय...

Read More

इमर्जिङ एसिया क्रिकेट कप : भोलि नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ– नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल  क्रिकेट कप प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए । नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् । त्यसैगरी शक्ति गौचन, वसन्त...

Read More