Author: Himalaya Post

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रचण्डद्वारा पूर्वप्रमसंग छलफल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्रीहरुसँग आफ्नो चीन भ्रमणबारे परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको परामर्शमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायत सहभागी भएका थिए । त्यस्तै पुर्व अर्थमन्त्री र विज्ञहरुको टोलीसँग पनि प्रधानमन्त्री प्रचण्डले आजै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा पुर्व प्रधानमन्त्रीहरुले चीन भ्रमण फलदायी बनाउन सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डको टोली आज साँझ एकसाता लामो चिन भ्रमणमा जाँदैछ...

Read More

निर्वाचन रोकिँदैन : राप्रपा नेता राणा

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले वर्तमान सरकारलाई जोगाउन राप्रपाले सत्ता साझेदारी गरेको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकार अप्ठ्यारोमा परेर निर्वाचन नहोला कि भन्ने लागेर पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी भएको बताएका हुन्। उनले स्थानीय तहलगायत तीनवटै तहको निर्वाचनलाई अब कसैले रोक्न नसक्ने बताउँदै उनले भने – “निर्वाचन सफल पार्न सबै निकायको सक्रियताको खाँचो छ ।” राप्रपा संविधान संशोधनको विरोधमा नरहेको स्पष्ट पार्दै नेता राणाले संशोधनको विषय नयाँ शिराबाट सुरु गर्न सबैसँग आग्रह गरे । निर्वाचन आयोगमाथि राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर विवाद...

Read More

मोर्चाको विरोधपछि निर्वाचन आयोगको बैठक स्थगित

महोत्तरी– संयुक्त मधेसी मोर्चाले विरोध गरेपछि निर्वाचन आयोगको कार्यालय महोत्तरीले जिल्लामा मतदानस्थल थप गर्न बोलाइएको आजको बैठक स्थगित भएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि थप २७ वटा नयाँ मतदानस्थल कायम गर्नुपर्ने भएकाले निर्वाचन कार्यालय महोत्तरीले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले मधेसको माग पूरा नहुञ्जेल आफूहरू निर्वाचनमा भाग नलिने भन्दै विरोध जनाएपछि बैठक स्थगित गर्नुपरेको निर्वाचन अधिकृत पिङ्की रायले जानकारी दिए । मधेसी मोर्चाले निर्वाचनअगावै संविधान संशोधन गरेमात्र आफूहरू चुनावमा भाग लिने स्पष्ट पार्दै सद्भावना पार्टीका नेता सुदीप झाले त्यसअघि हुने स्थानीय तहको निर्वाचन तयारीका अन्य काममा पनि विरोध जनाउने बताए । महोत्तरीमा...

Read More

प्रस्तावित सबै राजदूतको नाम अनुमोदन

काठमाडौँ– व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ । सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मार), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । संसदीय सुनुवाइपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिए । समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो । सुनुवाइका...

Read More

स्थानीय तह निर्वाचन : मतदान सामग्री मतदान अधिकृतसँगै पठाइने

भीष्मराज ओझा, काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाएसँगै पठाउने प्रबन्ध मिलाएको छ । आयोगले यस निर्वाचनमा कुल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ । त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्टाम्प प्याड र स्टाम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची, निर्वाचनसम्बन्धी ऐन,...

Read More