Author: Himalaya Post

वर्षाले काँचो इँटा गल्दा करोडौँको क्षति

लहान– हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा रु तीन करोडभन्दा बढीको क्षति भएको इँटा व्यवसायीले बताएका छन् । ठूलो लगानी लगाएर तयार गरिएको काँचो इँटा गल्दा व्यवसायी मारमा परेका नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य तथा गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक विक्रम साहले बताए । अहिले अत्यधिक बिक्री हुने याम भएकाले इँटा धमाधम तयारी गरिरहेको अवस्थामा पानी परेका कारण करोडाँको क्षति भएको हो । पानीले काँचो इँटा गल्दा लागत मूल्य गुमाउनुको...

Read More

स्थानीय चुनावलाई भयरहित बनाउनका लागि हतियार बुझाउन आग्रह

बाँके– जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भने “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही...

Read More

एमाले मोरङ कार्यसमिति विस्तार

विराटनगर– नेकपा (एमाले) मोरङले जिल्ला कार्यसमितिको विस्तार भएको छ । पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जनालाई थप गरिएको जानकारी गराए । साथै जिल्लाका नौ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । सोअनुरुप क्षेत्र नं १ मा रुपनारायण मिश्र र दुर्गा विष्ट, क्षेत्र नं २ मा चण्डी राई र भोला अधिकारी, क्षेत्र नं ३ मा भेषनाथ रिजाल र रवीन थापा, क्षेत्र नं ४ मा सन्तोष साह र वसन्तदेव मण्डल, क्षेत्र नं ५ मा धर्मानन्द सञ्जेल र दीपक कर्णलाई जिम्मेवारी तोकिएको छ । यसैगरी क्षेत्र नं ६ मा महेश भट्टराई र धर्मलाल सिंह, क्षेत्र नं ७ मा पर्शुराम बस्नेत र कासिम मियाँ, क्षेत्र नं ८ मा अजम्बर राई र राजकुमार ओझा तथा क्षेत्र नं ९ मा भूपाल जिमी र पुष्प ढकाललाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी दिए। त्यस्तै पार्टीका विभिन्न फाँट, जनसङ्गठन र स्थानीय तहका सङ्गठन समितिका संयोजक पनि तोकिएका छन्...

Read More

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

चितवन– सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए। सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताए । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका...

Read More

नुवाकोटमा एक अर्बको आलु उत्पादन

त्रिशूली– नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। उनका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो । “अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” डा गैरेले भने – “किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।” जिल्लामा यस वर्ष आलुको...

Read More