Author: Himalaya Post

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता : मन्त्री थापा

काठमाडौँ, फागुन १५ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताए । उनले भने, “सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको छ ।” उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि...

Read More

तिवारी हत्याका मुख्य योजनाकार मनोज रहेको जिकिर, घटनामा संलग्न सात सार्वजनिक

  फागुन १५ । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् । रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको...

Read More

संविधान संशोधन प्रस्ताव पारित गराइछाड्ने काँग्रेसको अठोट

काठमाडौँ, फागुन १५। नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा (एमाले) लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए । प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गरे । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताएका थिए...

Read More

कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी

फागुन, १५ । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका पर्वतका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनले बताए । अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै...

Read More

स्ववियु निर्वाचन: ताला फोडेर भएपनि आज मनोनयन दर्ता हुने

काठमाडौं, फागुन १५ । नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ फागुन १४ मा तय गरिएको स्ववियु निवार्चन विद्यार्थी संगठनबिच सहमति हुन नसक्दा त्रिभुवन विश्व विद्यालयले फागुन १८ मा सम्पन्न गर्नेगरी नयाँ तालिका सार्वजनिक गरेता पनि केही विद्यार्थी संगठनको उम्मेदार मनोनयन अझैपनि हुन सकेको छैन । जसका कारण ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने अझै अन्यौल छ । त्रिविको संशोधित कार्यतालिका अनुसार शनिबार उमेदवारी दर्ता हुनुपथ्र्यो । तर, नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा तालाबन्दी गर्दा ६१ मध्ये २१ वटा...

Read More