आयोगद्वारा सुरक्षाकर्मीलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भई चुनावमा सहयोग गर्न आग्रह
काठमाडौँ, फागुन १३। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सञ्चालन गर्न सुरक्षाकर्मीलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भई उच्च मनोबल तथा जिम्मेवारीका साथ काम गर्न आग्रह गरेको छ । चार वटै सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित मन्त्रालयका सचिवसँग स्थानीय तहको निर्वाचन भयरहित, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न अपनाउनुपर्ने सुरक्षा व्यवस्थाबारे आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्त सुधिरकुमार शाहले सुरक्षा निकायले सुरक्षा योजना बनाउँदा सुरक्षा विश्लेषण, सुरक्षा दिनुपर्ने व्यक्ति र स्थान, सुरक्षा जोखिमका क्षेत्र, सुरक्षा जनशक्ति र सुरक्षा बन्दोवस्तीलगायत विषयमा ध्यान दिन अनुरोध गरेका हुन् । छलफलमा गृहसचिव रेग्मीले तुरुन्तै समग्र सुरक्षा तयारी खाका तयार गरिने जानकारी दिए भने रक्षासचिव श्रीधर सापकोटाले नेपाली सेनालाई प्राप्त हुने जिम्मेवारी सेनाले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोगले आजै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घीय नियोग तथा विकास साझेदारसँग स्थानीय निर्वाचनसम्बन्धमा गरेको अन्तक्र्रियामा डा यादवले करिब २० वर्षमा स्थानीय तहको निर्वाचनमा देश अगाडि बढिरहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायबाट पर्याप्त सहयोग र समर्थन हुने अपेक्षा गरे । अन्तक्र्रियामा कूटनीतिज्ञहरुले छोटो समयमा निर्वाचन सञ्चालन गर्दा आइपर्ने जोखिमका विषय, निर्वाचन पर्यवेक्षण तथा स्थानीय तह पुनःसरचना आयोगको प्रतिवेदन प्राप्त नभएको अवस्थाबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनी र संवैधानिक व्यवस्थाबारे जानकारी दिँदै आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन गर्न आयोगले गरिरहेको तयारी बारे आयोगका सहसचिव नवराज ढकालले प्रस्तुति दिएका थिए । आयोगले आजै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन...
Read More