Author: Himalaya Post

‘मधेसी मोर्चालाई नल्याए चुनाव असम्भव’ : गृहमन्त्री निधी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्रै निर्वाचनमा जाने बताएका छन् । कांग्रेस नेतासमेत रहेका निधिले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने पनि बताए । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि विपक्ष र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकार प्रयासरत रहेको जानकारी दिए । ‘सरकार निर्वाचनका लागि वातावरण बनाउन लागिपरेको छ,’ उनले भने । कानूनी राज्यको प्रत्याभूति जनतालाई दिलाउन सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री निधिले शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी गरे...

Read More

बिमानस्थलबाट भित्रिने सुन तस्करी छानबिन गर्न संसदीय समितीको टोली, ‘ठूलो गिरोहको आशँका’

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र अध्ययन गर्न ७ सदस्यीय संसदीय टोलीको गठन गरिएको छ । संसदको सुशासन तथा अनुगमन समितिले शुक्रबार सांसदहरू जनकराज जोशी, कृपाशुर शेर्पा, जितु गौतम, सरिता यादव, मिलन राजवंशी, नागेन्द्र कुमाल र अम्बिका राजवंशी सम्मिलित टोली गठन गरेको हो । उक्त टोलीले विमानस्थलको व्यवस्थापकीय, सुरक्षा र अध्यागमन लगायत विभिन्न पक्षहरूको बारेमा अध्ययन गरेर १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्ने छ । ‘विमानस्थलको सम्पूर्ण पक्ष अध्ययन गरेर १५ दिन भित्रमा अध्ययन प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ,’ समितिका सभापति मोहनसिंह राठौरले भने, ‘उपसमितिको संयोजक भने उनीहरूले नै छान्ने छन् ।’ पुस २३...

Read More

अब दैशैभर लोडसेडिङ अन्त्यको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ । काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्द्रित गर्दै लोडसेडिङ हटाउने अभियानलाई तीव्रता दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘हामी लोडसेडिङ हटाउने विषयलाई प्राथमिकतामा राखेर काम गरेका छौं, सम्भव भएसम्म सबै क्षेत्रबाट हटाऔं भनेर अनेकन गृहकार्य भइरहेका छन्,’ प्रवक्ता अधिकारी भन्छन्, ‘सबै नागरिकलाई हरपल बिजुली सुविधा दिनु हाम्रो कर्तब्य नै हो । त्यसैले...

Read More

डिभी बन्द गर्दै अमेरिका, संसदबाट चाँडै निर्णय हुँदै

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रभावित पार्नेछ। आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको उक्त बिधेयक पारित भए डिभि लट्रीको सुविधा पाएको नेपाललाई पनि प्रभाव पर्नेछ। ‘यो बिधेयक पारित भए सबैभन्दा बढी भारतीय मुलका नागरिकहरू प्रभावित हुनेछन्।...

Read More

दलहरुको ब्रेक थ्रु : १८ बर्ष पछि स्थानीय तहको चुनावमा होमिदै मूलुक !

काठमाडौ । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ । निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ । स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ । चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको...

Read More