सङ्कटापन्न चन्द्र नहरको स्वरुप फेरिँदै
२ फागुन । स्रोतसाधन र बजेट अभावका कारण अस्तित्व नै सङ्कटमा परेको नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको स्वरुपलाई परिर्वतन गरिएको छ । नहर सङ्कटमा परेपछि दुई वर्षअगाडि सिँचाइ मन्त्रालयले उक्त नहर पुनःनिर्माणका लागि रु एक अर्ब ५८ करोड को निर्माण योजनालाई स्वीकृत गरेको थियो जसको फलस्वरुप अहिले नहरको पूर्वाधार निर्माणका कार्य दु्रत गतिमा भइरहेको छ । सन् १९२३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९२३ मा सुरु भई सन् १९२७ मा निर्माण सम्पन्न भएको उक्त नहर सञ्चालन र व्यवस्थापनमा सुरुका दिन ध्यान दिइए पनि विगत ३५ वर्षदेखि बजेट र साधनस्रोत अपर्याप्त भएपछि सङ्कटग्रस्त बनेको थियो । कोसी र खाडो...
Read More