Author: Himalaya Post

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

फागुन ३ । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पुर्याउने उद्देश्यका साथ यही फागुन ५ देखि ८ गतेसम्म उक्त मेला हुने एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ...

Read More

२ दिनमै १४ लाख पटक हेरियो हेमन्त रानाको साइली (भिडियोसहित)

काठमाडौँ, फागुन २ । परदेशी कथामा आधारित गायक हेमन्त रानाको म्युजिक भिडियो युट्यबमा राखिएको २ दिन मै १४ लाख पटक हेरिएको छ । ‘सुन साइली परदेशबाट म फर्कि आउँला, चालिस कटेसी रमाउँला’ बोलको उक्त भिडियोमा नायक गौरब पहारी र नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । हेमन्त रानाको स्वरमा सजिएको गीतमा काली प्रसाद बास्कोटाले संगीत भरेका छन् भने हिमाल साउँदले रचना गरेका हुन् । हेर्नुस्  उक्त...

Read More

पक्राउ परे आफ्नै छोरीमाथि बलात्कार गर्ने बुबा

फागुन २ । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । पछिल्लोपटक पुनः बुबाले जबर्जस्ती करणीको प्रयास गरेपछि बालिकाले आफ्नी फूपूमार्फत प्रहरीलाई जानकारी गराएकी थिईन् । पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताए...

Read More

मासिकरुपमै तलब पाउने भएपछि सोलुखुम्बुका शिक्षक हर्षित

फागुन २ । शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् । शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई पत्राचार गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । तर, यसको कार्यान्वयनका लागि शुक्रबार क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र भएको हो । जलेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक थिलराज निरौलाले खुसी व्यक्त गर्दै भने “चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नुपर्ने बाध्यता थियो, अब...

Read More

निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब – नेता पोख्रेल

फागुन २ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका हुन्। संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो । उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गरेका थिए...

Read More