Author: Himalaya Post

बाग्लुङमा दुव्र्यसनीविरुद्ध एक बन्दै आमाहरु

  फागुन २०। लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न बाग्लुङका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ । आफ्ना सन्ततिलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन ‘दुव्र्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रभावकारी हुने सहकारीको विश्वास छ । अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, दुव्र्यसनका लक्षण, दुव्र्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने विविध उपायका बारेमा जानकारी दिइएको छ ।...

Read More

दुई जीतसहित भारत भ्रमण सकाएर नेपाली टोली आज स्वदेश फर्किदै

काठमाडौँ, फाल्गुन २० । केन्यासंग हुने क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हात पार्दै भारत भ्रमण टुंग्याएर आज स्वदेश फर्किदै छ । । नेपालले बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा नोएडा वान्डर्सलाई ४० रनले पराजित गरेको थियो । राजवादा क्रिकेट क्लबसँगको पहिलो खेल हारेको नेपालले दोस्रोमा जित पाएको थियो । केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारी क्रममा रहेको नेपालले ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेको थियो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई २ सय ४८ रन बनायो । सुनील धमलाले सर्वाधिक ७४ रन बनाए । १...

Read More

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, फागुन २० । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् । बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए । प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार सहचालक भने सकुसल रहेका...

Read More

कक्षा ११ को वार्षिक परीक्षा असार १ गतेदेखि हुने

भक्तपुर, फागुन २०। आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिए। बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत् नै राख्दै वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने भएको छ...

Read More

प्रधानमन्त्रीसँग भियतनामका विदेशीमन्त्रीको भेट

काठमाडौँ, फागुन २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उनले आज बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए। प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गरेकोउनका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएक थिए ।...

Read More