Author: Himalaya Post

विभिन्न जिल्लाका स्ववियु निर्वाचनका परिणाम : नेविसंघको वर्चस्व

काठमाडौँ, फागुन १९। देशभरबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । भक्तपुर – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुरका दुईवटै क्याम्पसमा संयुक्त प्यानलले विजयी हासिल गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त समूह विजयी भएको छ । अध्यक्षमा दिनेश खड्गी, सचिवमा विवेक लामिछाने, कोषाध्यक्षमा मिलन गणेजू र सदस्यहरूमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, विनिता रिजाल, सुदीप घोरसाइनी र पुकार पराजुली विजयी भएका छन् । त्यसैगरी सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घको संयुक्त समूह विजयी भएको छ । स्ववियुको अध्यक्षमा...

Read More

भारतका वित्तमन्त्री जेट्ली राजधानीमा

काठमाडौँ, १९ फागुन । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आइपुगेका छन् । । मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, काठमाडौँस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । आज बिहानदेखि जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रुपमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट...

Read More

स्थानीय निर्वाचन विथोल्ने विप्लवको घोषणा

काठमाडौँ, फागुन १९ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले स्थानीय तहको निर्वाचन  विथोल्ने घोषणा गरेको छ । पार्टीको हालै रोल्पामा सम्पन्न आठौं महाधिवेशनपछि पहिलो पटक राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनाव विथोल्ने चेतावनी दिए । सरकारले स्थानीय तहको चुनावको मिति आगामी बैशाख ३१ गतेको लागि तोकेको सन्दर्भमा सो पार्टीले यस्तो घोषणा गरेको हो । उनले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले सामना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’ पत्रकारसम्मेलनमा आक्रामक रुपमा प्रस्तुत भएका उनले थपे, ‘जनतालाई दवाउँछु भन्नेहरु कि त सकिएका छन् कि त...

Read More

राप्रपामा चुनाव चिन्ह सम्बन्धी विवाद बढ्यो

काठमाडौँ, फागुन १९ । सत्तारुढ दल राप्रपाको जारी केन्द्रिय समितिको बैठकमा पार्टीको चुनाव चिन्ह हलो राख्ने कि गाई राख्ने भन्नेबारेमा विवाद देखिएको छ। राप्रापाको बिहीबार जारी केन्द्रीय समिति बैठकमा पनि चुनाव चिन्हलाई लिएर मतभेद देखिएको छ। बैठकमा राप्रपा नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा लगायतका नेताहरुले चुनाव चिन्ह हलो नै राख्नुपर्ने अडान लिएका छन्। तर पार्टीभित्र ९९ प्रतिशतले पार्टीको चिन्ह गाई नै राख्नुपर्ने माँग रहेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। आगामी ०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तय भैसकेको छ। निर्वाचन घोषणा भईसकेको अवस्थामा अब चुनाव चिन्हको टुंगो...

Read More

डिन्का र निउरबीचको जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

काठमाडौँ, फागुन १९। दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण त्यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् । डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ । सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ । “बलियाले निर्दोलाई हेप्ने र निर्दो व्यक्तिलाई थिचोमिचो गर्ने परिपाटी यहाँ पाइन्छ । मानवीयता, प्रजातन्त्र र मानवअधिकारको रक्षा भएको अनुभूति यहाँ पाइँदैन ।” नाइजेरियाका शैन्य समन्वय अधिकृत (कर्णेल) इशा मैनाले भन्नुभयो । झन्डै ६० जातिबीच कहालीलाग्दो द्वन्द्वमा अर्का जाति सिलुक र एजेन्डे आफ्नो अस्तित्व जोगाउन सकी नसकी युद्धको मोर्चामा...

Read More