जुम्लामा मानसिक रोगीको सङ्ख्या बढ्दै
फागुन ४ । विभिन्न कारणले गर्दा जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अनुप मङ्गल समालका अनुसार समाजमा कोहीसँग नखुल्ने, माया साट्न नसक्ने, सामाजिक रुपमा तिरस्कृत हुँदै जानुले मानसिक रोगीको सङ्ख्या बढेको हो । “यसबाट महिला र किशोरी बढी जोखिममा परेका छन्,” उनले भने । “तन्नेरीले काम नगर्ने, नशा सेवन गर्ने, मादक...
Read More