Author: Himalaya Post

पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

काठमाडौँ– संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।...

Read More

टेलिकमलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन टेलिकमको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले टेलिकमको क्षमता विस्तार गरी विकासमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।“टेलिकम नेपालको गौरव गर्ने ठूलो संस्था हो, यसलाई थप सुदृढ गरी पैसा कमाउने ‘सिस्टर अर्गनाइजेसन’ खोलेर ‘फ्रिज’ भएको रकम सदुपयोग गर्न जरुरी छ, अहिले यो प्रतिस्पर्धीविहीन छ, अन्य कम्पनी आउँदैछन्, उनीहरु भन्दा अब्बल बनाउन सबैखाले आधार तयार गर्नुपर्छ”– सञ्चारमन्त्री कार्कीले भने। टेलिकमले अन्तर्राष्ट्रिय उडान भर्ने विमान र ठूला प्राविधिक विश्वविद्यालयमा लगानी गर्ने क्षमता...

Read More

पर्वतको फलामखानीमा हावाबाट बिजुली निकाल्ने तयारी

पर्वत– दक्षिण पर्वतको फलामखानी गाविसमा हावाबाट बिजुली निकाल्ने तयारी भएको छ । जैविक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा फलामखानीमा हावाको चापबाट बिजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरण सुरु भएको हो । प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयवासीसँग छलफल गरिएको केन्द्रका सौर्य वायु विज्ञ खिमराज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अन्तर्राष्ट्रिय वैज्ञानिकको संस्था नासाको अभिलेखमा उक्त स्थानमा हावाबाट विद्युत् निकाल्न सकिने रेकर्ड देखिएकाले उक्त स्थानलाई सम्भावित क्षेत्रका रुपमा लिइएको हो । पहिलो चरणअन्तर्गत उक्त स्थानमा हावाको चाप नाप्ने मेट्रोलोजिक टावर राखिनेछ । करिब रु ३५ लाखको लागतमा बन्ने उक्त टावर व्यवस्थापनको खर्च एसियाली विकास बैंकले नेपाल सरकारलाई उपलब्ध...

Read More

लोकसेवा परीक्षा: श्रेणीविहीन पदमा पनि स्नातकोत्तर उत्तीर्णको आवेदन !

काठमाडौँ– नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन् । काठमाडोँस्थित आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन पुगेका हुन् । आयोग परिसरमा गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका गुल्मी बल्लेटक्सारका निर्मल भण्डारीले वनरक्षक र गेम स्काउटका लागि फाराम भरेको बताए । उनले निजामती सेवामा प्रवेश गर्न आफूले आवेदन दिएको जानकारी दिए । “निजामतीमा प्रवेश गर्ने उमेर नाघ्न...

Read More

काभ्रेका कृषकले पाए आठ लाखसम्म अनुदान

बनेपा– काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए। उनले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई रु एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ । त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा रु दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले रु...

Read More