Author: Himalaya Post

तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसी

इस्लामाबाद– पाकिस्तानको एक सैनिक अदालतले दोषी ठहर्याएक तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिइएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्लामिसँग आबद्ध रहेका थिए । मृत्युदण्डका सजायँ पाएका ती आतङ्ककारीलाई राष्ट्रसेवक सैनिक र प्रहरी अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लगाइएको थियो । सन् २०१४ को डिसेम्बरमा तालिवान सशस्त्र आतङ्ककारी समूहले स्थानीय एक विद्यालयमा गरेको आक्रमणमा परी करिब १४० विद्यार्थीसहित १५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको घटनापछि पाकिस्तानी सरकारले आतङ्कका यस्ता मामिला सैनिक अदालतमा निरुपण गराउँदै आएको र सैनिक अदालतले...

Read More

लोडसेडिङको अन्त्यसंगै देश अँध्यारो युगबाट उज्यालोतर्फ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लैजानु भएको बताएका छन् । आज नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा भेट गर्दै प्रधानमन्त्री दाहालले विद्युत्भार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताएका हुन् । उनले भने, “सरकारले धेरै काम गर्न बाँकी नै छ । सरकारको सङ्कल्प भनेको देशलाई अँध्यारोमा राखेर देशलाई पछौटे राखिराख्न हुन्न भनेर विद्युत्भार कटौतीको अन्त्य गरिएको हो ।” विदेशबाट आयातीत औषधिको बिक्री वितरण गर्ने प्रबन्धकका समस्याबारे छलफल गरी सम्बोधन गरिने पनि प्रधानमन्त्री दाहालले बताए । नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका अध्यक्ष...

Read More

गल्ती स्वीकार गर्दै तेजगङ्गा बहुमुखी क्याम्पसले भन्यो ‘मृतकका परिवारलाई १५ लाख दिन्छौँ ’

धुलिखेल– काभ्रेको पनौतीस्थित तेजगङ्गा बहुमुखी क्याम्पसले आफ्नो क्याम्पस भवनमाथि विद्युत्को मुख्य प्रशारण लाइनमा परेर मृत्यू भएका छात्रको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । क्याम्पस प्रशासनसँग रु १५ लाख क्षतिपूर्ति दिने सहमति भएपछि मङ्गलबार मृतकका परिवारले शिक्षण अस्पतालमा रहेको शव बुझेका छन् । पनौतीको मल्पिस्थित भालेश्वर माविमा कक्षा– ९ मा अध्ययनरत छात्र सन्तोष थापाको शनिबार मृत्यु भएको विषयलाई लिएर तेजगङ्गा बहुमुखी क्याम्पसले गल्ती स्वीकारेका छन् । आफ्नो गल्ती भएको स्वीकार्दै क्याम्पस प्रमुख डा अम्बुभवानी कार्कीले मृतकलाई रु १५ लाख नगद क्षतिपूर्ति दिन मञ्जुर गरेकी हुन् । क्याम्पसको छतमाथि तानेको मुख्य प्रशारण लाइनतारमा अल्झेर विद्यार्थी थापाको मृत्यु भएको थियो ।...

Read More

स्थानीय तह निर्वाचनका लागि २१ हजार मतदान केन्द्र राख्ने आयोगको तयारी

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए।उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए । ‘‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्यभइरहेको छ’’ उनले भने–‘‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’’उनकाअनुसार मतदातालाई पायकपर्ने, भिड नहुने र...

Read More

शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

धनुषा–सडक छेउमा शौच गर्न गएका तीन बालिकाको आज ट्याक्टरले किचिएर मृत्यु भएको छ । मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् । धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए । प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जनकपुर...

Read More