Author: Himalaya Post

धाबिका मिरा राईको जीवनमा आधारित चलचित्र ‘मिरा’ युट्युवमा सार्वजनिक

काठमाडौं – माओवादीकी पुर्व लडाकु तथा विश्व च्यासम्पियन धाबिका मिरा राईको जीवनमा आधारित टेली फिल्म ‘मिरा’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही पहिले फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा दौडमा पहिलो हुँदै स्वर्ण पदक बिजेता बनेपछि चर्चामा आएकी मिराको कथामा आधारीत चलचित्र ‘मिरा’ ४२ मिनेट अवधिको रहेको छ । काठमाडौ पर्वतीय चलचित्र माहोेत्सव लगायत बिभिन्न महोत्सवमा प्रदर्शित चलचित्रले धेरै पुरस्कार समेत जितिसकेको छ । मिराको माओवादी लडाकु हुँदा देखि अल्ट्रा दौडमा स्वर्ण पदक जित्दा सम्मको कथा चलचित्रमा अटाएको छ । मिरा नेशनल जोग्राफीको साहसी बर्ष ब्याक्ति सुचिमा समेत पर्न सफल महिला हुन् । पुर्वी नेपालको भोजपुरमा जन्मिएकी मिरा जनयुद्धको समयमा...

Read More

जेठ १६ गते नै बजेट खर्च गर्ने अख्तियारी

काठमाडौँ– राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खर्च गर्न अख्तियारी दिने भएको छ । संविधानमा जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन आयोगले सो प्रावधान पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सो जानकारी दिँदै मन्त्रालयका पुँजीगत खर्च ९५ प्रतिशतसम्म माथि पु¥याउन जेठ १६ मा नै बजेट खर्च गर्न अख्तियारी दिने प्रावधान ल्याउने बताए ।आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिई स्थानीय तह सञ्चालन हुने हुँदा...

Read More

सामुदायिक वनले दिएको खुसी : केटाकेटी रातिसम्म मन लगाएर पढ्न थाले

तेह्रथुम– छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे । तर, अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट निःशुल्क रुपमा सोलार पाएपछि माझी परिवारको दिन फेरिएको छ । सामुदायिक वनले अनुदानमा सोलार उपलब्ध गराएको हो । “मट्टितेल किन्ने पैसा नहुँदा गोबरका गुइँठा बालेर रात गुजार्नुपथ्र्यो, धिपधिपे उज्यालोमा केटाकेटी पढ्न मन गर्दैनथे,” माझीले भने– “सोलार जडान गरेपछि केटाकेटी रातिसम्म मन लगाएर पढ्न थालेका छन् ।” माझी परिवारलाई जस्तै छातेढुङ्गा– ८ का गोपाल बर्देवाको परिवारलाई सामुदायिक वन...

Read More

नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा हुने

भक्तपुर– देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ ।...

Read More

उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो । विभागले हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनले भने, “पछिल्लो एक हप्तामा तीव्रगतिमा काम भइरहेको छ, दैनिक एक सय ५० भन्दा बढी ट्याक्सीमा प्रिन्टर जडान गरेका छौँ ।” ट्याक्सी सञ्चालकले प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । यस्तै विभागले आम ट्याक्सी चालकलाई आफ्नो...

Read More