राज्यमन्त्री तामाङबाट पद तथा गोपनीयताको शपथ
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्रीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएका हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा राज्यमन्त्री नियुक्त भएका हुन् । समारोहमा मन्त्रीहरु, नेपाल सरकारका सचिवलगायतको सहभागिता रहेको थियो...
Read More