बाँकेमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीद्वारा दुई राउन्ड हवाई फायर
काठमाडौँ– बाँके जिल्लामा पर्ने गुलरिया नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ । उक्त सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो । एमालेको मेची महाकाली राष्ट्रिय अभियान...
Read More