Author: Himalaya Post

होली पर्वले सम्पूर्ण नेपालीको जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गरेको छ : प्रम दाहाल

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले हाली पर्वले सम्पूण नेपालीको जीवनलाई रंगीन र उल्लसमय बनाउन प्रेरित गरेको बताएका छन् । फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् । उनले दिएको शुभकामना सन्देशमा फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याओस् भन्ने शुभेच्छा पनि गरिएको छ । शुभकामना सन्देशद्वारा प्रम दाहालले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरुलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उनले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको...

Read More

बीस हजार परिवारलाई सोलार बत्ती वितरण

त्रिशूली– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत नुवाकोटको २० हजार घुरधुरीलाई सोलार बत्ती वितरण गरिएको छ । साविकको जिल्ला विकास समिति र रेडक्रस नुवाकोट शाखासँगको साझेदारीमा जिल्लाको २६ गाविसका भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश भएका घरपरिवारलाई २० हजार २४६ घरलाई सोलार बत्ती वितरण गरिएको जिल्ला समन्वय समिति नुवाकोटका ऊर्जा वातावरण अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए। भूकम्पका कारण अस्थायी आवासमा बसोबास गर्दै आएका प्रभावितलाई उज्यालोमा राख्ने लक्ष्यअनुसार सोलार बत्ती र दुई थान चिमसमेत वितरण गरिएको ऊर्जा वातावरण अधिकृत प्याकुरेलले बताए । “भूकम्पका कारण आवास गुमाएका लाभग्राहीलाई उज्यालोमा राख्ने योजनाअनुसार २६ गाविस १० वाट क्षमताको सोलार बत्ती...

Read More

कञ्चनपुर गोलीकाण्ड : नेपाली र भारतीय अधिकारीबीच गौरीफान्टामा वार्ता सुरु

कैलाली– भारतीय एसएसवीले नेपालीको हत्या गरेको र त्यसले उब्जाएको समस्या समाधानका लागि नेपाल र भारतीय अधिकारीबीच अहिले कैलालीको सीमा नाका गौरीफान्टामा वार्ता भइरहेको छ । नेपालतर्फ वार्ता संभव नभएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान बिभागका एसपीहरु क्रमसः अर्जुन चन्द, गणेश संग्रौला र योगेन्द्र केसी वार्ताका लागि गौरिफान्टा पुगेका छन् । त्यस्तै भारतीय तर्फबाट लखिमपुर श्री जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाशदीप, भारतीय एसएसबीका कमाण्डेट बिरेन्द्र सिंह सिन्धु र गौरिफान्टा प्रहरी कार्यालयका इन्स्पेक्टर अजतिकुमार सिंह सहभागी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रमा हिजो दिउँसो एसएसवीले एक नेपालीलाई गोली हानी हत्या गरेको थियो । त्यसको...

Read More

कञ्चनपुर गोलीकाण्ड बारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकारले गरे फोन

कञ्चनपुर –कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। टेलिफोनमा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव भएका जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए। टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले...

Read More

सप्तरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या पाँच पुग्यो

राजविराज– एमालेको मेची महाकालि अभियानको क्रममा सोमवार प्रहरीको गोली लागेर गंभीर घाईते भई धरानमा उपचार भईरहेको थप एक जनाको मृत्यु भएको छ । यो संख्यासँगे शुक्रवारसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले दिएको जानकारी अनुसार गोली लगेर गंभीर भई आईसीयुमा उपचार भईरहेको जमूनी–१ कटवीका ईनरदेव यादव (५०) को धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार दिउँसो मृत्यु भएको हो । यस अघिसम्म प्रहरीको गोली लागेर मलेठ–२ बस्ने रंजन मेहता, मलेठ–२ कै विरेन्द्र महतो, मलेठ–४ का पिताम्वर मण्डल र प्रसवनीका आनन्द साहको मृत्यु भएका थियो। गोली लागेर गम्भिर थप ७...

Read More