प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको दाबी गरेका छन् । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् । उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताए । संविधान निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै उनले आजै एजेन्डा सम्झाउन आएकामा...
Read More