Author: Himalaya Post

वीरेन्द्र महतोको परिवार बिचल्लीमा

महोत्तरी– परिवारको मुख्य सदस्यीय वीरेन्द्र महतोको सप्तरी आन्दोलनमा परी मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ । मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एक मात्र कमाउने महतोको मृत्युपछि घर र सिङ्गो गाउँमा रुवावासी छाएको छ ।सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै आएका वीरेन्द्रको उपचारका क्रममा बुधबार मृत्यु भएको खबर सुनेर घरमा रहेकी श्रीमती रञ्जना र सासू द्रौपती बेहोस भएका थिए । दुबैजनालाई आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुर्याएका थिए । दुबैजना हिजो बेलुकासम्म राम्ररी बोल्नसक्ने अवस्थामा थिएनन् । स–साना छोराछोरीको स्याहारसुहार छिमेकीले गर्दै आएका छन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीको गोली लागि घाइते भएका महतोको उपचारको क्रममा बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । महतो विवाहपछि लामो समयदेखि ससुरालीमा रहँदै आएको सप्तरी मलेठ गाविस–२ का मृतक वीरेन्द्र महतो नेपाल प्रहरीको जागिर छाडेर मलेठस्थित ससुरालीमा खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए...

Read More

राज्यमन्त्री तामाङबाट पद तथा गोपनीयताको शपथ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्रीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएका हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा राज्यमन्त्री नियुक्त भएका हुन् । समारोहमा मन्त्रीहरु, नेपाल सरकारका सचिवलगायतको सहभागिता रहेको थियो...

Read More

कञ्चनपुर घटनाबारे सरकारको निर्णय: मृतकलाई सहिद घोषणासहित सम्मानका साथ अन्त्यष्ठी गरिने ! अरु के के छन् हेर्नुस् ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमाथिको कुनै पनि हस्तक्षेप स्वीकार नहुँने बताएका छन् । कञ्चनपुर घटनाको विरोधमा माओवादी केन्द्रको सात नम्वर प्रदेशका टोलीको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले घटनालाई सरकारले निकै संवेदनशिल तरिकाले लिएको बताए । प्रधानमन्त्रीले भने – कञ्चनपुर घटना विषयमा परराष्ट्र मन्त्रालयबाट विज्ञप्ती आएको छ । –गृह मन्त्रालयबाट यो विषयमा आफ्नो धारणा आएको छ । –यो घटनालाई नेपाल सरकारले संवेदनलिशता र गंभीरताका साथ लिएको छ । –कुटनीतिक रुपले सरकारले आफ्नो कुरा राखेको छ । –हाम्रो देश सार्वभौम राष्ट्र भएकाले घटनालाई निन्दनीय भनेका छौँ । यसको भत्र्सना गरेका छौँ । –घटनाको अनुसन्धान गरेर आबश्यक कारवाहीका लागि कुटनीतिक पहल भएको...

Read More

चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्रीले वैशाख पर्खनु पर्दैन अहिलै राजीनामा दिए हुन्छः ओली

काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा चुनाव गराउन नसक्ने भए चैतमै सत्ता छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भएको सप्तरी घटना र आगामी कार्यक्रमबारे जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारले चुनाव रोक्ने तारतम्य गर्दैछ । चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्रीले वैशाख पर्खनु पर्दैन चैतमै सत्ता छाडे हुन्छ।’ उनले निर्वाचन आयोगमार्फत चुनाव हुन नसक्ने जानकारी सरकारले गराउन लागिपरेको बताउँदै चुनाव गराउन नसक्ने हो भने सरकारमा बसिरहनुको कुनै औचित्य नहुने स्पष्ट पारे। ओलीले एमाले विरुद्ध सत्तापक्ष नै लड्न लड्न आएको बताएका छन्। ‘एमाले नेताहरूमाथि खुलेआम...

Read More

उपत्यकामा बन्दको प्रभाव न्युन

काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन्...

Read More