अक्षयकोष स्थापना गर्न होली कार्यक्रम
कञ्चनपुर– कञ्चनपुरको झलारीस्थित श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसका विद्यार्थीले आपसी सद्भाव बढाउन र विद्यार्थी कल्याणकारी अक्षयकोष स्थापनाका लागि आजदेखि होली कार्यक्रमको आयोजना गरेका छन् । स्थानीयका घर घरमा गएर आपसी सद्भाव बढाउने खालका होली गीत गाउँदै रकम सङ्कलन गरेर आर्थिक रुपमा विपन्न विद्यार्थीलाई अक्षयकोषमार्फत छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने उद्देश्यले होली कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । “फागुन २९ गतेसम्म सञ्चालन हुने होली कार्यक्रमबाट सङ्कलन हुने रकममध्ये ८० प्रतिशत रकम विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्ने र २० प्रतिशत रकम होली कार्यक्रम व्यवस्थापनमा खर्च गर्ने योजना बनाएका छौ” कार्यक्रम संयोजक भाष्कर भट्टले भने– “होली कार्यक्रमबाट झन्डै दुई लाख रकम सङ्कलन हुने...
Read More