१८ वर्षीय युवाले नेपालमै बनाए गाडी
काठमाडौँ, फागुन ९ । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्र्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भने, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।” सुनारले थपे, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो...
Read More