Author: Himalaya Post

मकवानपुरगढीमा भूमिहीनलाई लालपुर्जा, ६ परिवार बने जग्गाधनी

काठमाडौं- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरका अध्यक्ष वसन्त अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि केन्द्रमा समिति गठन भएलगत्तै जिल्लामा पनि समिति गठन गरी काम अघि बढाइएको बताएका छन्। मकवानपुरलाई लालपुर्जा वितरणमा देशकै अग्रणी जिल्ला बनाउने उद्देश्यसहित काम सुरु गरिएको उनको भनाइ छ । अधिकारीका अनुसार हाल मकवानपुरगढीका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५१ गरी २०२ वटा...

Read More

बौद्ध धर्मावलम्बीले मनाए पञ्चदान पर्व, अन्नदेखि औषधिसम्म दान गर्ने परम्परा

काठमाडौं – बौद्ध धर्मावलम्बीहरुले बौद्ध संस्कृति अनुसार बुधबार पञ्चदान पर्व मनाएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । विभिन्न चोकहरुमा दिपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्तिहरु पुजा गर्दै दान दिएर पर्व मनाइएको हो । यस पर्वमा बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ, सदस्यहरुलाई दान प्रदान गर्ने गरिन्छ । यस अवसरमा अन्न, गेडागुडी, फलफूल, सख्खर पानी (सर्वत) र औषधि दान गर्ने प्रचलन छ । परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिइन्छ भने पाँच दीपङ्कर बुद्धलाई धान, मकै, गहुँ, भटमास, नून, घिरौला, बोडी, काँक्रो लगायत जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु अर्पण...

Read More

सरकारलाई वर्षमान पुनको चेतावनी– शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्छन्

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन्। बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिएका हुन् । उनले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र “एक्लै संसार बोकेर हिँड्ने“ अहङ्कारी शैली देखाएको उनको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले...

Read More

देउवाको दाबी– ‘कांग्रेसको पूर्ण आधिकारिकता हामीले नै पाउँछौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। ११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका हुन्। उनले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् । आफु काठमाडौँ आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्तिविशेषको नभई समग्र पार्टीको शक्ति भएको उनले बताएका छन् ।...

Read More

ग्यासको सहज आपूर्ति माग्दै सिंहदरबार अगाडि अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं- खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेको छ । खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने माग सहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले भोक र महंगीको तमासा बन्द गर, चुलो निभाएर समृद्धिको भाषण, लाज लाग्दैन सरकार, सहज रुपमा ग्यासको व्यवस्था गर लगाएतका प्लेकार्ड देखाउदै नारावाजी गरेका थिए । प्रदर्शन सहित सिंहदरबार दक्षिण गेटतर्फ जान लागेपछि प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा अखिल क्रान्तिकारी आवद्ध विद्यार्थीबीच धकेलाधकेल समेत भएको थियो...

Read More