Author: Himalaya Post

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्र्थापनामा जुटिरहेको छ...

Read More

यशोदा ग्रुपको विपद्मा साथ : भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कम्पनीले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी सहयोग गरेको हो । सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यससँगै कम्पनीले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा थप राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । प्रभावित नागरिक तथा आश्रयस्थलमा रहेका...

Read More

‘भदौ २४ को सत्य बाहिर आउनुपर्छ’– बाबुरामको उच्चस्तरीय आयोग गठनमा जोड

काठमाडौं – भदौ २४ गते भएको आगजनी र तोडफोडका घटनाबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि गम्भीर प्रश्न उठाएका छन् । घटनाको सतहमै सीमित भएर निष्कर्ष निकाल्नुभन्दा त्यसको पृष्ठभूमि, संलग्नता र क्षतिको वास्तविकता पत्ता लगाउन उच्चस्तरीय तथा विश्वसनीय छानबिन आवश्यक रहेको उनको भनाइ छ । भट्टराईले विशेषगरी राज्यका महत्वपूर्ण संरचना र ऐतिहासिक अभिलेखसम्म नष्ट हुने गरी भएको गतिविधिलाई सामान्य घटनाका रूपमा नलिन आग्रह गरेका छन् । लोकतान्त्रिक व्यवस्थाका आधारभूत संस्थामाथि नै क्षति पुग्ने गरी भएको आगजनी र तोडफोडको तथ्य सार्वजनिक नगरी त्यसको अध्याय बन्द गर्न खोजिए भविष्यमा थप प्रश्न उठ्ने उनले संकेत गरेका छन् । यसअघि छानबिनका लागि गठन गरिएको...

Read More

ग्यास उद्योग बन्द गर्ने मन्त्रीको अभिव्यक्तिले उद्योगीमा तरंग, सरकारसँग जवाफ माग्दै व्यवसायी

काठमाडौं- उद्योगमन्त्री गौरीकुमारी यादवले मुलुकका सबै एलपी ग्यास उद्योग बन्द गर्नुपर्ने र उद्योगहरूको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएपछि ग्यास व्यवसायी र सरकारबीच तनाव बढ्ने देखिएको छ। मन्त्रीको अभिव्यक्तिपछि एलपी ग्यास उद्योग संघ नेपालले औपचारिक रूपमा असन्तुष्टि जनाएको छ। संघका अध्यक्ष दिवान चन्दले उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई नै लक्षित गरेर अमर्यादित शब्द प्रयोग गरिएको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्। चन्दले मन्त्रीको भनाइबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको बताएका छन्। उद्योगीहरूको प्रश्न छ—यदि ग्यास उद्योग नै बन्द गर्नुपर्ने अवस्था हो भने त्यसको स्पष्ट आधार, नीति र सरकारी निर्णय के हो? व्यवसायीहरूले सरकारले कुनै उद्योग वा व्यवसायमाथि गम्भीर प्रश्न उठाउँदा...

Read More

मोबाइल फोन आयातकर्ता संघद्वारा भोटेकोशी बाढीपीडितका लागि ३१ लाख सहयोग

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास संघले व्यक्त गरेको छ । सहयोग रकम एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको...

Read More