नेपाल लाइफले रच्यो नयाँ इतिहास, १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ वर्षको गौरवमय यात्रा पूरा गर्ने क्रममा नेपालको जीवन बीमा इतिहासमै पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। यसअघि कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सफलता कम्पनीप्रति विश्वास गर्ने सम्पूर्ण बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सबै सरोकारवालाको साझा उपलब्धि भएको...
Read More

























