Author: Himalaya Post

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन– जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर ९मल्टि अर्गान फेलर० उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  यसअघि शनिबार चितवन मेडिकल कलेजमा...

Read More

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर)–  गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो । उनले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । “दुई...

Read More

निर्वाचन प्रक्रिया सहज बनाउन साझा प्रयत्न आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२ औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको जिकिर गरे । हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा...

Read More

ओलम्पिक पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

काठमाडौँ– पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ लगाएतले स्वागत गरेका थिए । पलेशालाई स्वागत गर्न बाजागाजा सहित हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । त्यसपछि उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुराइएको थियो । राखेपमा खेलकुदमन्त्री चौधरी, राखेप सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगाएतले सम्मान गरेका थिए । सो अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफुले जितेको मेडल राष्ट्रका लागि भएको गौरव महशुस गरेको बताइन् । सिमित...

Read More

आजबाट गुँला पर्व समापन

काठमाडौँ– विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व बुधबार समापन भएको छ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद्को भनाइ छ । एक महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेको छ भने समापनको दिन पनि भक्तजनको स्वयम्भूमा घुईचो लागेको छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने परम्परा रहेको स्वयम्भू मन्दिरका पूजारी अशोककाजी बुद्धाचार्यले बताए । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै...

Read More